विभिन्‍न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्‍न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट १४ जना लागूऔषधसहित पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागूऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए । प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिक-११ बस्ने ३० वर्षीय देवेन्द्र खड्का रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगञ्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागूऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागूऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याव्लेट, स्पास्पेइन ४० ट्याव्लेट  र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १२ : ३९ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच