विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिए : कंगना रनावत « Khabarhub

विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिए : कंगना रनावत


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री कंगना रनावतले सूचनामा आधारित वेबसाइट विकिपीडियालाई वामपन्थीले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेकी छन् । उनको बारेमा विकिपीडियामा दिइएको जानकारी गलत देखिएपछि उनले यो दाबी गरेकी हुन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो जन्मदिनलाई विकिपीडियाले गलत मिति लेखेको उल्लेख गरेकी छन् । ‘मेरो जन्मदिन २३ मार्चमा हो जबकी वेबसाइटमा २० मार्च लेखिएको छ’, उनले लेखेकी छन्, ‘विकिपीडियालाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । मेरो बारेमा अधिकांश जानकारी जस्तै मेरो जन्मदिन, वा उचाइ वा पृष्ठभूमि पूर्ण रुपमा गलत छ । हामीले जसलाई जति नै सुधारे पनि फेरि त्यस्तै हुन्छ ।’

उनले कैयौं रेडियो च्यानल, फ्यान क्लब र शुभचिन्तकले आफूलाई २० मार्चको जन्मदिनको बधाई पठाउन सुरु गरिसकेको जानकारी दिएकी छन् ।

कामको कुरा गर्दा कंगनाले फिल्म ‘चन्द्रमुखी २’को सुटिङ पुरा गरेकी छन् । उनीसँग ‘इमरजेन्सी’, ‘तेजस’, ‘मणिकर्णिका रिटन्सर्ः द लीजेन्ड अफ दिदा’ र ‘द अवतारः सीता’ जस्ता फिल्म पनि छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ४ : ५८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका