मन्त्री यादवको प्रश्न– कांग्रेसको सरकारले अर्गानिक तरकारी र फलफूल खुवाएको थियो र ? « Khabarhub

मन्त्री यादवको प्रश्न– कांग्रेसको सरकारले अर्गानिक तरकारी र फलफूल खुवाएको थियो र ?


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर कांग्रेसले सरकारको आलोचना गर्न नसुहाउने बताएका छन् ।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आँट गरेको सरकारलाई कांग्रेसले आलोचना गर्न नसुहाउने मन्त्री यादवको भनाइ थियो ।

कांग्रेसको सरकारले जनतालाई अर्गानिक तरकारी र फलफूल खुवाएको जस्तो पारामा वर्तमान सरकारको आलोचना गरेको मन्त्री यादवको आरोप थियो ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सुझाव दिए । विषादी प्रकरणमा आफ्नो इज्जत नरहने गरि सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले व्यापारीहरुलाई बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गरे । उनले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराए । सरकार निजी क्षेत्रसँग मिलेर अघि बढन तयार रहेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : ४८ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया