सत्ता र प्रतिपक्ष नभनि विपत्तिको जुटेर सामना गरौं– कांग्रेस प्रवक्ता « Khabarhub

सत्ता र प्रतिपक्ष नभनि विपत्तिको जुटेर सामना गरौं– कांग्रेस प्रवक्ता


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विपत्तिको जुटेर सामना गर्न सबैमा अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक विमत्ति आफ्नो ठाउँमा रहेपनि विपत्तिको समयमा सत्ता या प्रतिपक्ष नहुने भन्दै विपत्तिको जुटेर सामना गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

‘अविरल झरी र पहिरोले जनधनको क्षति गरेको यो समय हामी उद्दारको कर्ममा आफ्नो पार्टी पंक्तिको सहभागिता साथ सरकारको साथमा छौं ’ प्रवक्ता शर्माले लेखेका छन् ।

विहीवारदेखि परेको अविरल वर्षाले दशभरको जनजीवन प्रभावित भएको छ । वर्षापछिको बाढी पहिरोमा परि अहिलेसम्म १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ भन्दा धेरै मानिस वेपत्ता भएका छन् ।

बाढीले राजधानीको कलंकी, भक्तपुरसहित खोला नजिकका अधिकांश क्षेत्र डुवानमा परेका छन् । त्यस्तै तराईका अधिकांश स्थान डुवानमा परेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : २२ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग