राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघद्वारा बधाई « Khabarhub

राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघद्वारा बधाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसङ्घले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बधाई ज्ञापन गरेको हो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिए । अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने तथा ब्याजदर घट्नुपर्ने बताए ।

उनले परिसङ्घले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरे ।

परिसङ्घको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसङ्घको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए।

राष्ट्रपति पौडेललाई परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसङ्घ गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसङ्घका महानिर्देशक दीपकराज जोशीले बधाई तथा शुभकामना दिएको परिसङ्घले जनाएको छ । 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३० बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग