कर्णाली प्रदेश सरकारद्वारा रुकुमपश्चिमका कृषकलाई दूधमा प्रोत्साहन | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकारद्वारा रुकुमपश्चिमका कृषकलाई दूधमा प्रोत्साहन


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । 

चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उनले बताए । अहिलेसम्म प्रोत्साहनस्वरुप छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

अहिलेसम्म एक कृषकले कम्तीमा एक हजार दुई सयदेखि बढीमा ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ । यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ ।

दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन-तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफैँ सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ । त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि ४० लाख पठाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ३१ बजे

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी प्रदान

काठमाडौं– सीजी ब्रान्डले ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ का विजेता बुढानीलकण्ठकी

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी – दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा किरिया पुत्री भवन शिलान्यास

काठमाडौं– प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट

तम्घास– यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

एजेन्सी – उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी