धेरै दुब्लो हुनु स्वास्थ्यका लागि राम्रो होइन « Khabarhub

धेरै दुब्लो हुनु स्वास्थ्यका लागि राम्रो होइन

दुब्लो र कमजोर शरीरमा धेरै रोग लाग्छ


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोटोपना मात्रै नभएर धेरै पातलो वा कम तौल हुँदा पनि स्वास्थ्यमा समस्या हुन्छ। हाम्रो शरीरका लागि धेरै मोटाउनु र बोसो लाग्नु पनि राम्रो होइन। त्यसबाट पनि धेरै रोग लाग्ने हुन्छ । हाम्रो समाजमा धेरै दुब्लो पातलो हुँदा वा तौल कम हुँदा लुते भयो भन्ने चलन नै छ। अत्याधिक मोटो हुनु राम्रो होइन। तर यसो भन्दैमा अत्याधिक दुब्लो हुनु पनि राम्रो होइन। दुब्लो र कमजोर शरीरमा धेरै रोग लाग्न सक्छन्। त्यसैले हाम्रो उचाई अनुसारको तौल हुनु निकै आवश्यक हुन्छ।

मोटोपना बढाउन के खाने ?
कालो चना : राति राम्ररी धोएर राख्ने र बिहान मजाले चपाएर खाँदा पनि मोटाउन सकिन्छ।

कोदो र मकैको पिठोबाट बनेको खानेकुरा : रोटी ढिडो लगायतका परिकार बनाएर खाँदा शरीर स्वस्थ हुनुका साथै तौल बढ्दै जाने हुन्छ।

अण्डा : दैनिक रुपमा एउटा उसिनेको अण्डा सेवन गर्नु निकै लाभदायक हुन्छ।

फलफूल : जस्तो खरबुर्जा, एभोकाडो, लिची, केरा, उखु, आँपलगायत फलफूल खानु राम्रो हुन्छ।

दूध खाने : मोटाउनको लागि गाईको दुध तताएर बिहान र बेलुका एक एक गिलास पिउनु निकै राम्रो मानिन्छ। साथै गाईको घिउले पनि मोटो बनाउन मद्दत गर्दछ।

चिया कफी धेरै नखाने : धेरै चिया कफीको सेवन गर्ने मान्छेमा खानाबाट पाइने आइरन र भिटामिनलाई रोक्ने हुन्छ। चिया र कफी बढी खायो भने जति खाए पनि शरीरमा लाग्दैन। यसले भोक पनि नलाग्ने हुन्छ।

तनाव मुक्त रहने : धेरै तनाव लिने मान्छेको शरीर दुब्लो र पातलो हुन्छ। स्वस्थ शरीरको लागि तनाव मुक्त हुनु अत्यन्त आवस्यक छ।

स्याउको सेवन : दैनिक एक वा दुई वटा स्याउको प्रयोग गर्दा यसले शरीरमा भोक लगाउन मद्दत गर्छ। धेरै पटक खाँदा तौल बढ्दै जान्छ।

साथै दैनिक रुपमा दालभात तरकारी मिलाएर सेवन गर्ने, तरकारी धेरै खाने र भात थोरै खाने, नियमित हल्का शारीरीक व्यायम गर्ने, पानी धेरै पिउनु आवश्यक छ। बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ। धेरै समय प्याकेटमा राखेका वा बाहिर खाना धेरै खानु हुँदैन।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : ०२ बजे

विश्वकप एक दिन बाँकी :‘वाम अप’मा आक्रामक देखिएको नेपालको ब्याटिङ इंग्ल्यान्डविरुद्ध कस्तो होला ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट धेरै क्रिकेटप्रेमीका लागि

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’

डब्ल्युपिएलको उपाधि आरसिबीलाई

काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स