सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति « Khabarhub

सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ आजको संसद चलाउन ? यदी जनताको विषय यहाँ बोल्न नपाउने हो भने संसद चलाउनुको अर्थ छैन, औचित्य छैन । दार्चुलामा महाकाली मिचिएको विरोध गर्दैनौँ भने यो संसदको काम के ? त्यसकारण संसद बोल्नका लागि हो ।’

साथै पत्रकारबारे सभामुख घिमिरेको अभिव्यक्तिबारे पनि उनले ध्यानाकर्षण गराउँदै पीत पत्रकारिता गर्ने को को हुन् छानबिन गर्न समिति गठन गर्न माग गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : २१ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय