भारतसँगको सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : अष्ट्रेलियन विदेशमन्त्री वाङ « Khabarhub

भारतसँगको सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : अष्ट्रेलियन विदेशमन्त्री वाङ


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले भारतसँग आफ्नो मुलुकको सम्बन्धलाई सुदृढ गर्दै लैजाने बताएकी छिन् । उनले भारतसँगको सम्बन्ध निकै महत्वपूर्ण र निकट रहेको उल्लेख गर्दै यसलाई थप विस्तार गर्दै लैजाने बताइन् ।

उनले जी २० मा भारतको अध्यक्षतालाई आफ्नो मुलुकले बलियो समर्थन गर्ने उल्लेख गरिन् । भारतले यो वर्ष विश्वका सबैभन्दा ठूला २० अर्थतन्त्रहरुको समूह जी २० को अध्यक्षता गरिरहेको छ ।

पछिल्लो समय हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा अष्ट्रेलिया र भारतबीचको सम्बन्ध सुमधुर बन्दै गएको बताइन्छ । केही समयअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भारतको भ्रमण गरेका थिए ।

जापान र अमेरिकासँगै भारत र अष्ट्रेलिया चारपक्षीय सुरक्षा समूह क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड) का सदस्य मुलुक हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : १४ बजे

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।