यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ  « Khabarhub

यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा – यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् ।

किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतबार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटक पटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन् । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । जसका कारण आत्महत्याको सोचसमेत आएको उनले भनेकी थिइन् ।

टिकटकमार्फत सो घटना सार्वजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोरमाथि अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

दुवै किशोर भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ४० बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन