बाढीले टहरा बगाएपछि जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार | Khabarhub Khabarhub

बाढीले टहरा बगाएपछि जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो ।

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए ।

छ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २२ बजे

आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव

काठमाडौं – उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन

मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले-कांग्रेसले जनाए ऐक्यबद्धता 

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति

‘शिथिल कूटनीतिका कारण भारत–चीनले नेपाललाई गनेनन्’

सन् २०२० मा गलवान उपत्यकामा भएको झडपपछि भारत–चीनबीच तनाव चुलियो

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन 

चितवन– बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दियो अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव

काठमाडौं– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश