आठ महिनामा दुई सय चौध दुर्घटना « Khabarhub

आठ महिनामा दुई सय चौध दुर्घटना


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ ।

ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार भित्री सडकमा एक सय छ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र शहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । चालीस पुरुषको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

घाइतेमध्ये एक सय २४ गम्भीर र दुई सय ७७ सामान्य रहेका छन् । दुर्घटनामा तीन सय २४ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा सबैभन्दा बढी एक सय ६५ मोटरसाइकल परेका छन् ।

जिपकार ५०, ट्रक ट्याङ्कर ४१, बस १९, शारीरिक शक्तिबाट चल्ने सवारी साधन १५, टेम्पो ११, माइक्रो बस आठ, टिपर पाँच, ट्याङ्कर छ र अन्य चार वटा रहेका छन् । तामाङले सवारी दुर्घटना घटाउनका लागि मानवीय त्रुटि न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए ।

मानवीय त्रुटिसँगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीसँग छलफल गरिँदै आएको उन्को भनाइ छ । सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ४५ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर