स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय « Khabarhub

स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ ।

समुदायका समस्या र आवाश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिएइको हो । जसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले बताए ।

समाज र विश्वविश्वद्यालयको सयुक्त पहलमार्फत स्थानीय तहका समस्या समाधान हुने भन्दै उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्ध बिस्तारका महाशाखाले पुलको काम गरिरहेको बताए ।

स्थानीय तहमा भएका विज्ञान तथा प्रबिधि, शिक्षा, कानुन तथा इञ्जिनियरिङ विषयसँग सम्बन्धित समस्या समाधानका लागि विश्वविद्यालयका प्राज्ञिक तहबाटै समाधानको पहल गरिने उनको भनाइ छ । समुदाय र विश्वविद्यालय साझा उद्देश्य निर्माण गरी एकैसाथ अघि बढे सबैको हित हुने उनको जिकिर छ । विश्वविद्यालयले स्थानीय तहसँगको सहकार्यमा समुदायका समस्या समाधानका लागि जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छ ।

यसै अवसरमा बेथानचोक गाँउपालिकाले टनेल इञ्जिनियरिङका विश्वविद्यालयले प्राबिधिक सहयोगका लागि अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ०७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर