घुम्न आएका जापानी पर्यटकमाथी आक्रमण, २ लाख लुटियो « Khabarhub

घुम्न आएका जापानी पर्यटकमाथी आक्रमण, २ लाख लुटियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि पर्यटकको सुरक्षाका लागि उचित कदम चाल्न सकेको छैन । दिन दहाडै पर्यटकमाथि आक्रमण हुन थालेको छ ।

महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीमाथि आक्रमण हुनुका साथै उनको साथमा रहेको दुई लाख रुपैयाँ लुटिएको छ । उनी बस्ने घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : २४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री