सरकारी लगानीले उत्पादन बढाउनु पर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

सरकारी लगानीले उत्पादन बढाउनु पर्छ : मुख्यमन्त्री कार्की


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयुक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलान्यास गर्दै उनले भने, ‘सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्य रुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रस्ट पारे । उनले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने विचार राखे ।

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताए । सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उनले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाइले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिने गरी द्वारको निर्माण गरिने जानकारी दिए ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले नयाँ नगरको रूपमा अनुभूति गर्ने धारणा राखिन् । सहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।

उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७०, महानगरको २५ र सङ्गठनको पाँच प्रतिशत गरी छ करोड २५ लाख २४ हजार नौ सय ४४ रुपैयाँमा ह्यावीट्याट–आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १६ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट