चमेलियामा खोज तथा उद्धार अभ्यास, ‘रबरबोट’ परीक्षण | Khabarhub Khabarhub

चमेलियामा खोज तथा उद्धार अभ्यास, ‘रबरबोट’ परीक्षण


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको छ । बाढीजन्य विपद्मा उद्धारका लागि पहिलोपटक उपलब्ध भएको ‘रबरबोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो ।

तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो । बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

रबरबोट परीक्षण गरी आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पुर्‍याउने उद्देश्यले अभ्यास गरिएको हो । उनले भने, “रबरबोट प्राप्त भएपछि तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापन गर्न अभ्यास गरिएको छ । रबरबोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ ।”

प्रदेशबाट आएको सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो । अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको उपस्थिति थियो । यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ । झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिनेछ । त्यसपछि उक्त गोताखोरको टोलीनै विपद्को बेला उद्धारमा खटिनेछ ।

रबरबोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न यो भन्दा पहिला कठिन हुने गरेको थियो । महाकाली, चमेलियाजस्ता ठूला नदीमा विभिन्न घटना हुने तर ‘रबरबोट’ अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबरबोट’ले सहयोग पुग्ने विश्वास छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ०० बजे

प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका

गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो

ह्यामिल्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन

महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको

बलिउडका रोमान्स र एक्सन किङ धर्मेन्द्रले मच्चाएको धमाका

काठमाडौं- बलिउड अभिनेता धर्मेन्द्र यतिबेला बिरामी अवस्थामा छन् । स्वास्थ्यलाभ

जनार्दन पक्षीय ‘प्रगतिशील राष्ट्रिय अभियान’ले सुदनको नेतृत्वमा घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान

काठमाडौं – देशमा पुनः राजनीतिक रूपान्तरणको आवश्यकता रहेको नेकपा माओवादी