मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु « Khabarhub

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ। गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो।

मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन्। सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पुराउने अध्यक्ष गुरुङको भनाई छ।

स्वास्थ्य क्षेत्रको पनि सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरुमा सेवा सुविधा बढाउँदै लगिएको गुरुङले दावी गरे। गर्भ जाँच गर्न महिलाहरु टाढा–टाढा, सहरबजार धाउनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै गाउँपालिकाले वडाभित्रै यो सेवा सुरु गरिएको अध्यक्ष गुरुङले बताए। स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको बताए।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : १० बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा