मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु | Khabarhub Khabarhub

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ। गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो।

मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन्। सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पुराउने अध्यक्ष गुरुङको भनाई छ।

स्वास्थ्य क्षेत्रको पनि सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरुमा सेवा सुविधा बढाउँदै लगिएको गुरुङले दावी गरे। गर्भ जाँच गर्न महिलाहरु टाढा–टाढा, सहरबजार धाउनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै गाउँपालिकाले वडाभित्रै यो सेवा सुरु गरिएको अध्यक्ष गुरुङले बताए। स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको बताए।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : १० बजे

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार