अफगानिस्तान र पाकिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु « Khabarhub

अफगानिस्तान र पाकिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अरु सयौँ घाइते भएका छन् ।

अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएको ती मुलुकका सरकारी अधिकारीहरूले बताएका छन् । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका लागि तालिबान सरकारका प्रवक्ता शराफत जमान अमरले भूकम्पबारे जानकारी दिएका हुन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तान नजिकै पर्ने अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरको छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।

उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : ४७ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा