मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न « Khabarhub

मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इन्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए । निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिकांश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । उनले भने, ‘डेढ–दुई सय मिटरसम्मको पुल हुनसक्छ ।’

चालु आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए । पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँ ठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इन्जिनियर तिमल्सिनाले जानकारी दिए ।

अहिले एक लेन (तीन दशमलव पाँच मिटर चौडाइ) वा इन्टरमेडिएट (पाँच दशमलव पाँच मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए । उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ ।’

चालु आवमा राजमार्गका लागि सरकारले दुई अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना (पिवान) का रूपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीन सय ९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले सात सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।

सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा समेत हेरिएको छ । सरकारले पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि छ लेनमा विस्तार गरिरहेको छ । राजमार्गको विकल्पका रूपमा यो राजमार्गले पनि पूर्व–पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : २० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन