अयोग्य माओवादी लडाकुलाई रकम बाँड्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा : राप्रपा « Khabarhub

अयोग्य माओवादी लडाकुलाई रकम बाँड्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा : राप्रपा


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बौं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

जसको चौतर्फी आलोचना भइरहेका बेला राप्रपाले पनि विरोध जनाउँदै सरकारको आर्थिक अराजकताको पराकाष्ठा रहेको टिप्पणी गरेको हो ।

देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय अनुचित, बलजफ्ती र आर्थिक अराजकताको पराकाष्ठा हो,’ पार्टीका प्रवक्ता श्रेष्ठले भनेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : ४१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल