पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँडेकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए ।

अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते हुनुभएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्ती मगरले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ९ : ३४ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको