राष्ट्रपति पौडेललाई चेम्बरको बधाई | Khabarhub Khabarhub

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ(आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।

उनले वर्तमान आर्थिक सङ्कट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको बताएको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  २ : ४२ बजे

बाढीपहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैँकले दियो दुई करोड

काठमाडौं- राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक

एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं- काठमाडौं जिल्ला अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई एक

बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ?

काठमाडौं– कुकुरलाई धेरै वफादार र मानव-अनुकूल जनावरका रुपमा  मानिन्छ ।

अर्थसंक्षेप : शेयर बजारमा उछाल, एकैदिन साढे पाँच सय हवाई उडान

काठमाडौं- मंगलबार शेयर बजारमा उछाल आएको छ । बर्दघाट–सर्दी १३२ केभी