समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी « Khabarhub

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन् । लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको भन्दै उनले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए ।

लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी प्रदेशसभा सदस्यको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताए ।

कार्यक्रममा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले दिगो विकास लक्ष्य पूरा गर्न सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताए । दिगो विकास लक्ष्यअनुरुप प्रदेशको कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुहुँदै उनले त्यसका लागि सोहीअनुसारको पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रदेशसभामा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले नेपालका लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन सुझाव दिए । युनडिपीका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्यअनुसार काम गर्न नीति निर्माताको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा स्वर्णिम वाग्लेले अभिमुखीकरणमा सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : २६ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन