पेट्रोल छर्केर महिलालाई आगो लगाउन खोज्ने पक्राउ « Khabarhub

पेट्रोल छर्केर महिलालाई आगो लगाउन खोज्ने पक्राउ


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ ।

घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : ०२ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र