उपराष्ट्रपति यादवद्वारा आभार प्रकट « Khabarhub

उपराष्ट्रपति यादवद्वारा आभार प्रकट


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् ।

उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन् । उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु”, उपाष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ०३ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार