नेकपा एसका अध्यक्ष नेपालद्वारा तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव « Khabarhub

नेकपा एसका अध्यक्ष नेपालद्वारा तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपालले २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने प्रस्ताव गरेका हुन् ।

सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन् ।

तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन् । शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्डसमक्ष नेकपा ब्युँताउने प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना