क्रिकेट खेलाडी गुलशन झा सम्मानित « Khabarhub

क्रिकेट खेलाडी गुलशन झा सम्मानित


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झालाई आज सर्लाही सदरमुकाम मलङ्गवामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

क्रिकेट खेलको माध्यममार्फत यस क्षेत्रको गरिमा बढाएको भन्दै मलङ्गवा-८ का वडाध्यक्ष मुकेश जयसवाललगायतले झालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । झालाई सो अवसरमा कदरपत्र समेत प्रदान गरिएको थियो ।

मलङ्गवा–८ निवासी खेलाडी झालाई सम्मानपछि बाजागाजासहित बजार परिक्रमा गराइएको थियो । झाले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको चैत २ मा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा अविजित ५० रन बनाएका थिए । जसको सहयोगमा नेपाल खेल डकवर्थ लुइस नियमका आधारमा नौ रनले विजयी हुँदै विश्वकप छनोट भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ४१ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित