भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै « Khabarhub

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ । नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै  आयोजना हुन लागेको प्रतियोगिताले  ओझेलमा परेको अवस्थामा प्रतिभाहरूको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् ।

अध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ्ग , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख पाउनेछन् ।

त्यस्तै विजेताहरू तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगिताको फाइनल जुलाईमा हुनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ ।

१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन् । जसका लागि उनी अमेरिकादेखि केही दिनमा नै नेपाल आउँदैछन् । कार्यक्रमको प्रायोजन रेड वान रियालिटी, मेनुका मेमोरियल फाउण्डेसन, बेस्ट मोरगेज, रिदम स्क्रिन, लगायतले गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ५८ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको