संसदमा एमालेका सचेतकले नियमापत्ति जनाएपछि कांग्रेसका उपसभापतिले मागे माफी « Khabarhub

संसदमा एमालेका सचेतकले नियमापत्ति जनाएपछि कांग्रेसका उपसभापतिले मागे माफी


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् । सांसदले सम्बोधन गरिरहेका बेला हिँडेपछि उपसभापति खड्काले माफी मागेका हुन् ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएपछि खड्काले माफी मागेका हुन् ।

प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न अनुमति नहुने भन्दै बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि अनदेखाका कारणले नियमावलीको उक्त दफालाई आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै उपसभापति खड्काले माफी मागेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : २१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब