उड्डयन प्राधिकरणद्वारा एयर इण्डियालाई पत्राचार | Khabarhub Khabarhub

उड्डयन प्राधिकरणद्वारा एयर इण्डियालाई पत्राचार


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एयर ट्राफिक कन्ट्रोलर एटीसीको अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ ।

गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।

सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “एयर इण्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उनले भने ।

उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ४३ बजे

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

एजेनसी– बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल

भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?

काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन्

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा