भारतको अरुणाचल प्रदेशमा तीन नयाँ प्रजातिका भ्यागुता फेला « Khabarhub

भारतको अरुणाचल प्रदेशमा तीन नयाँ प्रजातिका भ्यागुता फेला


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी भारतको अरुणाचल प्रदेश राज्यमा तीन नयाँ प्रजातिको भ्यागुता फेला परेका छन् ।

भारतको जुलोजिकल सर्भे (जेडएसआई) र सेन्ट एन्थोनी कलेज, शिलोङका खोजकर्ताहरुले अरुणाचल प्रदेशमा तीन प्रजातिका भ्यागुता फेला पारेका हुन् ।

ती भ्यागुताको प्रजातिको नामकरण पनि भएको इस्टमोजोले जनाएको छ । यसअनुसार भ्यागुताको एउटा प्रजातिको नाम तवाङ, अर्कोको नाम सेसा अर्किड अभयारण्य र तेस्रोको मौर्य साम्राज्यका चाणक्यको नाममा नामकरण गरिएको छ ।

वैज्ञानिक हिसाबमा तीन वटै नयाँ प्रजातिहरू वास्तविक भ्यागुता परिवार रानिडेसँग सम्बन्धित रहेको जनाइएको छ । यी नयाँ प्रजातिहरूलाई अमोलोप्स चाणक्य, अमोलोप्स तवाङ र अमोलोप्स टेराओर्किस नाम दिइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यीमध्ये अमोलोप्स चाणक्य अरुणाचलको दिराङमा फेला परेको हो भने अमोलोप्स तवाङ तवाङमा फेला परेको हो । त्यसैगरी, अमोलोप्स टेराओर्किस भने सेसा अर्किड आरक्षामा फेला परेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ३० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित