नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि  « Khabarhub

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि 


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आज सुरु हुने भएको छ।

हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक तीन दिन (चैत १३ गतेदेखि १५ गतेसम्म) काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन्। जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ४१ बजे

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि

मोहन बस्नेतको जिकिर : गगनले कांग्रेसलाई ‘हाइज्याक’ गरे, झुकेर सम्झौता गर्दिनँ

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगनकुमार थापाले कांग्रेसलाई