नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने « Khabarhub

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय नक्साल काठमाडौँ, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत रहेको उल्लेख छ।

अबको बैठकमा उनीहरुको नाम प्रस्ताव भएपछि मन्त्रिपरिषद्‍ले निर्णय गर्नेछ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ४८ बजे

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका