आकर्षक बन्दै ऐतिहासिक सत्र पोखरी « Khabarhub

आकर्षक बन्दै ऐतिहासिक सत्र पोखरी


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ — स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्ला पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए । आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवरले बताए ।

‘समथर भूभाग र ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौंँ,’ उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौंँ, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ ।’ गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट तीन लाख खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट दश लाख विनियोजन भएको छ ।

उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क निर्माणको काम भइरहेको छ । ‘यहाँ वनभोज आउनेहरु आफै पानी बोकेर आउनुपथ्र्यो, बिजुली थिएन, समस्या थियो,’ उनले भने, ‘अहिले व्यवस्थित पार्कसहित वनभोज खान आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भएका छन्, क्रमशः अरु काम गर्छौ ।’

यस ठाउँमा स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट घुम्न तथा वनभोजलाई मानिस आउने गरेका ऐतिहासिक सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताए, ‘यहाँ व्यवस्थित नहुँदा र आवश्यक पूर्वाधारको अभावकाबीच त वनभोज खान र घुम्न आउनेको भीड लाग्ने गथ्र्यो । अब त झनै सहज भएको छ, पक्कै पनि सङ्ख्या वृद्धि हुनेछ ।’

तीन वटा पोखरी निर्माण भएका छन् । अरु चौध वटा थप गरी यहाँको ऐतिहासिक महत्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रकोरुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ३७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन