मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अन्तरक्रिया गर्ने « Khabarhub

मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अन्तरक्रिया गर्ने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापी रुपमा अन्तरक्रिया आयोजना गर्ने भएको छ ।

अहिंसाप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकारवादी संस्था शान्ति समाजले यही चैत १७ गतेदेखि दण्डहीनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही अभियान सञ्चालन गर्ने भएको हो ।

यसै अभियानको सिलसिलामा समाजले चैत १७ गते ‘लोकतन्त्रको १७ वर्ष : सङ्क्रमणकालीन न्याय अलपत्र’ शीर्षकमा देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा समाजद्वारा तयार गरिएको १० बुँदे अवधारणापत्र प्रस्तुत गरिने सभापति रामकृष्ण बरालले जानकारी दिए ।

कार्यपालिकाको सिलसिलेवार आपत्तिजनक निर्णय, व्यवस्थापिकाको भूमिकालाई गौण बनाउने प्रयास र न्यायपालिका विरुद्धको मोर्चाबन्दीले लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेप्रति समाजले चिन्ता व्यक्त गर्दै कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

अवधारणा पत्रमा विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप आयोगको सन्दर्भ, कार्यपालिकाको आपत्तिजनक निर्णयको सिलसिला, व्यवस्थापिकाको विवेकलाई बन्दी बनाउने सिलसिला, न्यायपालिकामाथि नियोजित प्रहारको सिलसिलालगायतका बुँदा समेटिएका छन् ।

त्यसैगरी, सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन प्रमुख दलको अनिच्छा, बालसैन्य प्रयोगको सन्दर्भ, अनमिनको प्रमाणीकरण र माओवादीद्वारा बाल सैन्य प्रयोगको पुष्टि, दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान, लोकतन्त्र र शान्तिका लागि १० बुँदे सुझाव कार्यान्वयन गर्न आग्रहसहितका बुँदा पनि अवधारणा पत्रमा समेटिएका छन् ।

विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनेगरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन दबाब दिने उद्देश्यले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिएको सभापति बरालले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ४० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन