गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ : मन्त्री श्रेष्ठ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् ।

श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाबीच उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र आफ्नो पार्टीले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन् ।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ ।

केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : १५ बजे

ओली सरकार कति जोखिममा ?

काठमाडौं– पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्–

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर- अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’

सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

ताप्लेजुङ- सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार

सरकारी शिक्षकले सन्तान अन्यत्र पढाएकैले गुणस्तर खस्किएको हो ?

‘विद्यालय शिक्षा ऐन’ को माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरूले पटकपटक