मिर्गौला पीडितलाई मासिक पाँच हजार रुपैयाँ माग « Khabarhub

मिर्गौला पीडितलाई मासिक पाँच हजार रुपैयाँ माग


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिक रूपमा पाँच हजार रुपैयाँ दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको माग गरिएको छ ।

मिर्गौला पीडित सरोकार समाजले माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको पीडितलाई सहयोग गर्ने विषय सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा नआएकाले धर्नामा बस्नुपरेको जानकारी दिए । यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले सुनाए ।

यो बजेट पीडितलाई चालु आर्थिक वर्षमा नदिए फ्रिज हुन्छ । सरकारले चालु आर्थिक वर्षमा मिर्गौला पीडितलाई दिन एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यो बजेट सबै पीडितलाई सबै स्थानीय तहबाट तत्काल दिन सुरु गरिनुपर्ने समाजको माग छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ५० बजे

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु