चितवनमा तोरीको उत्पादन बढ्यो « Khabarhub

चितवनमा तोरीको उत्पादन बढ्यो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो ।

केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन छ । आव २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार दुई सय १८ मेट्रिक अटन तोरी उत्पादन भएको थियो । आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार आठ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ । चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको पुनले जानकारी दिए । तोरी खेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान तोरी खेतीतर्फ आकर्षित भएको पुनले बताए ।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : १३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा