दूधमा प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण « Khabarhub

दूधमा प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो ।

आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु १५ अनुदान दुग्ध उत्पादक किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रकम पहिलो किस्तास्वरुप उपलब्ध गराइएको उनले बताए । गल्याङ नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको उपप्रमुख हेमा न्यौपानेले बताए। नगरपालिकाले प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएकाले किसानहरु पछिल्लो समय दूध उत्पादनतर्फ आकर्षित हुँदै जानुभएको छ भने उत्पादन पनि वृद्धि हुँदै गएको उपप्रमुख न्यौपानेले दाबी गरे ।

नगरपालिकाले नगरभित्रका विभिन्न १८ वटा दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएको हो ।

सहकारी, सङ्कलन केन्द्र, फार्म गरी कूल १८ वटा स्थानमा आठ सय ७६ जनाले दुग्ध उत्पादक किसानहरुले सङ्कलन गरेको दूधका आधारमा प्रतिलिटर रु १५ का दरले अनुदान उपलब्ध गराइएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए ।

सबैभन्दा धेरै दूध उपलब्ध गराएबापत धेरै अनुदान प्राप्त गर्ने गल्याङ–१ मालुङ्गाको बिन्ध्यवासिनी कृषि पशु फार्म रहेको छ । उक्त फार्मले दुई लाख २३ हजार अनुदान प्राप्त गरेको छ । सहकारीहरुमध्येबाट गल्याङ–२ बटुवामा रहेको बटुवा दुग्ध उत्पादक सहकारी संस्थाले रु पाँच लाख नौ हजार ६ सय ९२ रकम प्राप्त गरेको शाखाप्रमुख अर्यालले बताए ।

गल्याङ नगरपालिका–९ मा सबैभन्दा धेरै दुग्ध उत्पादक सहकारी तथा सङ्कलन केन्द्रहरु रहेका छन् । उक्त वडामा मात्रै छवटा सङ्कलन केन्द्र छन् । गल्याङ नगरपालिकाका ११ वडामध्ये दूध उत्पादनमा अनुदान कार्यक्रम वडा नं १, २, ३, ६, ७, ८, ९ र ११ मा रहेको छ ।

गल्याङ नगरपालिकाभित्रका १८ वटा सङ्कलन केन्द्रहरुमध्ये केहीमा हरेक दिन बिहानसाँझ गरी दुईपटक दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलन भएको दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीले लैजाने गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ४१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन