हामी सबै किसिमका आतंकवादको विपक्षमा छौँ : अमेरिका « Khabarhub

हामी सबै किसिमका आतंकवादको विपक्षमा छौँ : अमेरिका


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले सबै किसिमका आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेको छ । भारतको पञ्जाबमा पछिल्लो समय पुनः देखिएको खलिस्तानी अभियानबारे सोधिएको प्रश्नमा अरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले आफ्नो मुलुक सबै किसिमको आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेका हुन् ।

‘हामी सबै किसिमका आतंकवादको निन्दा गर्छौँ । हामी आतंकवादको निन्दा गर्छौँ, हामी हिंसात्मक अतिवादको पनि निन्दा गर्छौँ । आफ्नो लक्ष्य पूरा गर्न हिंसाको प्रयोग गर्ने सबैको निन्दा गर्छौँ’ प्रवक्ता प्राइसलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले उल्लेख गरेको छ ।

उनले जस्तोसुकै उद्देश्य भएपनि त्यो पूरा गर्न हिंसाको प्रयोग अस्वीकार्य रहेको समेत स्पष्ट पारेका छन् । पछिल्लो समय भारतको पञ्जाबमा शिख धर्मावलम्बीको लागि बेग्लै खलिस्तानी पृथकतावादी आन्दोलन सतहमा आएको छ ।

केही समयअघि भारतीय सुरक्षा अधिकारीले खलिस्तान आन्दोलनका नेता अमृतपाल सिंहलाई लक्षित गरी कारवाही सुरु गरेको थियो । यद्यपि उनी भाग्न सफल भएको बताइएको छ । यद्यपि उनका दर्जनौँ सहयोगीलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : १९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको