हामी सबै किसिमका आतंकवादको विपक्षमा छौँ : अमेरिका « Khabarhub

हामी सबै किसिमका आतंकवादको विपक्षमा छौँ : अमेरिका


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले सबै किसिमका आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेको छ । भारतको पञ्जाबमा पछिल्लो समय पुनः देखिएको खलिस्तानी अभियानबारे सोधिएको प्रश्नमा अरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले आफ्नो मुलुक सबै किसिमको आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेका हुन् ।

‘हामी सबै किसिमका आतंकवादको निन्दा गर्छौँ । हामी आतंकवादको निन्दा गर्छौँ, हामी हिंसात्मक अतिवादको पनि निन्दा गर्छौँ । आफ्नो लक्ष्य पूरा गर्न हिंसाको प्रयोग गर्ने सबैको निन्दा गर्छौँ’ प्रवक्ता प्राइसलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले उल्लेख गरेको छ ।

उनले जस्तोसुकै उद्देश्य भएपनि त्यो पूरा गर्न हिंसाको प्रयोग अस्वीकार्य रहेको समेत स्पष्ट पारेका छन् । पछिल्लो समय भारतको पञ्जाबमा शिख धर्मावलम्बीको लागि बेग्लै खलिस्तानी पृथकतावादी आन्दोलन सतहमा आएको छ ।

केही समयअघि भारतीय सुरक्षा अधिकारीले खलिस्तान आन्दोलनका नेता अमृतपाल सिंहलाई लक्षित गरी कारवाही सुरु गरेको थियो । यद्यपि उनी भाग्न सफल भएको बताइएको छ । यद्यपि उनका दर्जनौँ सहयोगीलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : १९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी