भाइको हत्या अभियोगमा दाइ जना पक्राउ « Khabarhub

भाइको हत्या अभियोगमा दाइ जना पक्राउ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा दाइलाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा कामगर्ने उनीहरूबीच आपसका झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही झगडामा दाइ रामचन्द्रले भाइलाई टाउको सहित सरिरको विभिन्न भागमा चोटपटक लागेका थिए। उनको उपचारको क्रममा दुईदिनपछि मृत्यु भएको थियो ।

भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत ९ गते कन्चनपुर महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा फेलापारेको बताएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित