सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज « Khabarhub

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी हुने टोलीलाई नेपाली सेनाले आज बिदाइ गर्दैछ।

प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे बिदाइ गर्ने कार्यक्रम रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्। अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा चार वटा हिमालबाट फोहर सङ्कलनको लक्ष्य राखिएको छ।

सगरमाथा ल्होत्सेमा एउटै टोली खटिने प्रवक्ता भण्डारीले बताए। बरुञ्चे र अन्नपूर्ण हिमालसहित गरी कुहिने र नकुहिने ३५ हजार केजी फोहोर संकलन हुने अनुमान गरिएको छ। यही चैत १८ गतेदेखि सुरु हुने अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ।

विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन उद्देश्यले सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : १७ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।