चीनमा बोआओ फोरमको सम्मेलन सुरु, प्रधानमन्त्री प्रचण्ड सहभागी नहुने | Khabarhub Khabarhub

चीनमा बोआओ फोरमको सम्मेलन सुरु, प्रधानमन्त्री प्रचण्ड सहभागी नहुने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको चियोङहाई सहरमा मंगलबारबाट एसियाका लागि बोआओ फोरमको सम्मेलन सुरु भएको छ । यस सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी हुने छैनन् । सम्मेलनमा सहभागी हुन नेपालका लागि चिनियाँ राजदूत छेन सङले निम्तो दिएपनि प्रचण्ड सम्मेलनमा सहभागी नहुने काठमाडौँ पोस्टले उल्लेख गरेको छ ।

यद्यपि यसबारे प्रधानमन्त्रीको कार्यालयले कुनै औपचारिक जानकारी भने गराएको छैन । यसलाई प्रचण्ड प्रधानमन्त्री भएयता नेपालमा चीनको प्रमुख असफलता ठानिएको छ । बोआओ सम्मेलनमा प्रचण्ड सहभागी नहुनुमा भू राजनीतिक कारण जिम्मेवार रहेको हेबेईमा नेपाल अध्ययन केन्द्रका निर्देशक झाङ सुबिनलाई उद्धृत गर्दै काठमाडौँ पोस्टले जनाएको छ ।

यस सम्मेलनमा सिंगापुरका प्रधानमन्त्री ली सेइन लुङ, मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमलगायत नेताको सहभागिता हुनेछ । सुरक्षा, विकास, समावेशीताजस्ता विषयमा छलफल हुने बताइएको यस सम्मेलन आगामी मार्च ३१ सम्म चल्नेछ ।

५ वर्षअघि चीनको महत्वकांक्षी बेल्ट एण्ड रोट इनिसिएटिभ बीआरआईमा जोडिएको नेपालका प्रधानमन्त्री बोआओ फोरममा सहभागी नहुनुलाई निकै चासोपूर्वक हेरिएको छ । बीआरआईमा सहभागी भएपनि नेपालमा बीआरआईका परियोजना अघि बढ्न सकेका छैनन् ।

श्रीलंका, पाकिस्तान, जाम्बियाजस्ता मुलुक चीनको ऋण पासोमा परेसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रेलमार्ग निर्माणका लागि व्यवसायिक ब्याजदरमा ऋण दिने चीनको प्रस्ताव अस्वीकार गरेका थिए ।

ऋणको ब्याज अत्यन्त उच्च हुने भएकाले नेपालले बीआरआईका परियोजना अघि बढाउन चीनसमक्ष ऋणभन्दा पनि अनुदान उपलब्ध गराउन आग्रह गर्दै आएको छ । हालै चीनको ऋण सहायतामा निर्माण गरिएको पोखरा विमानस्थल अपेक्षाअनुसार सञ्चालन नहुँदा श्रीलंकाको हम्बनतोता बन्दरगाहजस्तै यो पनि सेतो हात्ती साबित त हुने होइन भन्ने प्रश्न खडा भएको छ ।

उसैपनि मुलुकमा वाह्य ऋणको भार बढ्दै गएको र व्यवसायिक ब्याजदरमा थप ऋण लिँदा आर्थिक समस्या अझ गहिरिने चिन्ता बढिरहेको छ । अर्कोतर्फ अमेरिकी सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी स्वीकार गरेपछि चीन नेपालसँग झस्केको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ४० बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी