रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने « Khabarhub

रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने भएको छ । रुसका उपविदेशमन्त्री येभगेनी इभानोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले भारतसहित ६ देशका नागरिकलाई रुस प्रवेशका लागि सहज बनाउने गरी भिसा प्रणालीमा सुधार गर्ने तयारी भइरहेको छ ।

यसका लागि रुसले भारतसहित अंगोला, भियतनाम, इन्डोनेसिया, सिरिया र फिलिपिन्सका नागरिकलाई पनि मुलुक प्रवेश गर्न सहज बनाउन लागि भिसा प्रणालीलाई सुधार गर्ने बताइएको छ ।

यसअघि उपविदेशमन्त्री इभानोभले बहराइन, ओमान, साउदी अरब, बहामास, बार्बाडोस, हाइटी, जाम्बिया, कुवेत, मलेसिया, मेक्सिको, ट्रिनिडाड र टोबागोलगायत ११ देशसँग रुसले भिसामुक्त यात्रा सम्झौतामा काम गरिरहेको जनाएका थिए ।

युक्रेनमाथि आक्रमण गरेपछि पछिल्लो समय पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । यस्तो अवस्थामा रुसले विभिन्न देशसँग भिसा प्रणाली सहज बनाउने तयारी गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ११ : ५५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै