खोलाले बगाउँदा बालकको मृत्यु | Khabarhub Khabarhub

खोलाले बगाउँदा बालकको मृत्यु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ ।

खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

चापागाईंलाई घर नजिकैको बनियानी खोलाले बगाएको हो । उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए । जिल्लामा हालसम्म बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार खोलाले बगाउँदा इलाम चुलाचुली गाउँपालिका–१ का ५५ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई दमक–१० मावली आएकी छ वर्षीया एलिजा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : ४९ बजे

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको