युरो छनोट : स्कटल्याण्डले स्पेनलाई हरायो « Khabarhub

युरो छनोट : स्कटल्याण्डले स्पेनलाई हरायो


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरो छनोटमा स्कटल्यान्डले स्पेनलाई २-० गोलले पराजित गरेको छ।

गएराति घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्यान्डले युरो छनोटमा लगातार दुई जित निकालेको हो। खेलको सातौँ मिनेटमा पहिलो गोल गरेका म्याक्टोमिनेले ५१ मिनेटमा दोस्रो गोल गरेका थिए। स्कटल्यान्डले पहिलो खेलमा साइप्रसलाई ३–० ले हराउँदा म्याक्टोमिने बेन्चमा थिए।

यससँगै सन् १९८४ यता स्कटल्याडले स्पेनलाई कुनै आधिकारिक प्रतियोगितामा हराउन सकेको थिएन। यो नै स्पेनमाथि ३९ वर्षपछिको पहिलो जित हो।

यो जितसँगै स्कटल्यान्डको युरो कपमा स्थान बनाउने सम्भावनामा बलियो भएको छ। समूह ए मा रहेको स्कटल्यान्ड ६ अंकसहितशीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ०१ बजे

कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवन– चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि

पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू)

पोखरा– पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको

कोरलास्थित सीमाक्षेत्रमा नेपाल–चीन संयुक्त गस्ती

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका

पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई