गायक आशिषसँग शनिशा « Khabarhub

गायक आशिषसँग शनिशा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराईको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परिसकेका कारण छाड्न नसक्ने बताउँछिन् ।

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो । गायक सचिनका ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ११ : ३६ बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन