सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने « Khabarhub

सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मंगलबार बेलुकी दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएपछि आज बिहानलाई बोलाइएको थियो । आजको बैठकमा पनि सहमति नजुटेपछि दिउँसो ३ बजे फेरि बैठक बस्नेगरी सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रालय भागबन्डासहित सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा छलफल भएको एक नेताले बताएका छन् ।

बिहानको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमबारे दलहरुले अध्ययन सुझाव राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक-दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ३५ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक