सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने | Khabarhub Khabarhub

सहमति जुटेन गठबन्धनमा, फेरि तीन बजे बस्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मंगलबार बेलुकी दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएपछि आज बिहानलाई बोलाइएको थियो । आजको बैठकमा पनि सहमति नजुटेपछि दिउँसो ३ बजे फेरि बैठक बस्नेगरी सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रालय भागबन्डासहित सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा छलफल भएको एक नेताले बताएका छन् ।

बिहानको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमबारे दलहरुले अध्ययन सुझाव राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक-दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ३५ बजे

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ

कांग्रेस-एमालेबारे प्रचण्डको टिप्पणी : कार्यान्वयन नगरी संविधान असफल भयो भन्ने छुट छैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग कार्यान्वयन

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी

काठमाडौं– नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरू माग गरेको छ

‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा

श्रममन्त्री भण्डारी र जापानी समकक्षीबीच भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौं– जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह