मन्त्री छान्न एकीकृत समाजवादीको आकस्मिक बैठक बस्दै « Khabarhub

मन्त्री छान्न एकीकृत समाजवादीको आकस्मिक बैठक बस्दै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएका छन् ।

बुधवार दिउँसो साढे १ बजे पार्टी कार्यालय आलोक नगरमा अध्यक्ष नेपालले सचिवालय बैठक बोलाएका हुन् ।

बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम मागेपछि अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएका हुन् । यसअघि हिजो बसेको एकीकृत समाजवादीको बैठकले मन्त्रालयको टुंगो लागे मात्र मन्त्रीको नाम दिने बताएको थियो ।

आजको बैठकले एक जना मात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय मागे पनि दुई मन्त्रालय मात्र दिन सकिने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ५७ बजे

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार