किसानलाई कृषि मिटर | Khabarhub Khabarhub

किसानलाई कृषि मिटर


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको चन्द्र नगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि उक्त समस्या समाधान हुने चन्द्र नगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीले बताए ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मङ्गलवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महिनौँ कुर्नुपर्ने अवस्था अब अन्त्य हुने बताए ।  पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महसुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोले बताइन् ।

मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेश यादवले जानकारी दिए ।

सात वडामा करिब ३८ हजार जनसङ्ख्या रहेको छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए ।

उनका अनुसार गएको पुस २९ मा सम्पन्न भएको १२औँ गाउँसभा बैठकबाट पालिकाभरिका किसानले सिँचाइ गर्दा उठेको महसुल पालिकाले तिरिदिने निर्णय गरेको थियो । यस क्षेत्रमा धान, मकै, गहुँलगायत तरकारी खेती पनि व्यावसायिक रूपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ४२ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल